विराटनगरमा पनि साल्ट ट्रेडिङले सञ्चालनमा ल्यायो सुपथ मूल्यको पसल 


दशैं र तिहारमा सर्वसाधारणलाई राहत उपलब्ध गराउने उद्देश्यले साल्ट ट्रेडिङ लिमिटेडले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

चिनीमा प्रतिकिलो पाँच रुपैयाँ र नूनमा प्रतिकिलो  दुई रुपैयाँ घटाएर ग्राहकलाई उपलब्ध गराउने सो कार्यालयका प्रमुख नवीनचन्द्र झाले जानकारी  दिए ।

विराटनगरस्थित कार्यालयमा सञ्चालनमा ल्याएको उक्त सुपथ मूल्यको पसलबाट चिनी प्रतिकिलो ७७ रुपैयाँ ५० पैसा र नून प्रतिकिलो  १८ रुपैयाँमा विक्री वितरण भइरहेको छ । बजारमा चिनीको मूल्य प्रतिकिलो  ८२ रुपैयाँ तथा नूनको मूल्य  २५ रुपैयाँ पर्छ । ग्राहकलाई बढीमा ६ किलोसम्म मात्र दिने गरिएको कार्यालयले जनाएको छ ।

भदौ १६ गते सञ्चालनमा आएको सो सुपथ पसलबाट आज मध्याह्न सम्ममा  १४ हजार ४१६ रुपैयाँ मूल्य बराबरको १८६ किलो चिनी र  १० हजार ४५८ रुपैयाँ मूल्य बराबरको ५८१ किलो नून विक्री भएको हो । उक्त सुपथ पसल कात्तिक ९ गतेसम्म सञ्चालनमा रहनेछ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.