कर्णाली महोत्सव अाज


कर्णालीको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबार भृकुटीमण्डपमा कर्णाली बृहत् साँस्कृतिक उत्सव हुने भएको छ ।

कर्णाली समाज र साँस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजना हुने एकदिने  उत्सवमा कर्णालीका  कलाकारले गाउँघरमा प्रचलित ठेट भाषा र शैलीमा गाइने र नाचिने देउडालगायत विभिन्न प्रकारका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

उत्सव आयोजक समितिका संयोजक प्रेमबहादुर बोहराले ‘नजर फेरौं र कर्णाली हेरौं’ भन्ने मूल नाराका साथ हुने सो उत्सवमा कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटका साँस्कृतिक पहिचान उजागर गरिने जानकारी दिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.