सिटी एक्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक


सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरूसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव एक्सप्रेस’ उपहार योजना घोषणा गरेको छ ।

शुक्रबार काठमाडौंमा अायोजित पत्रकार सम्मेलन गरेर प्रालिले उक्त उपहार योजना सार्वजनिक गरेको हो ।

प्रालिका प्रबन्ध निर्देशक चन्द्र टण्डन अनुसार उक्त उपहार योजना अन्तरगत लक्की ड्र मार्फत उपभोक्ताहरूले दैनिक एक तोला चाँदीका सिक्काहरू, क्याप, टी–सर्ट, र किरिङ उपहारस्वरुप जित्न सक्नेछन्।

त्यस्तै, साप्ताहिक रूपमा एकजना विजेताले ओप्पो मोबाईल र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनालाई एलजी. रेफ्रिजेरेटर उपहार प्रदान गरिने पनि प्रालिले जनाएको छ ।

त्यसैगरी, प्रालिका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्देश कटवालले उपहार योजनाको अन्त्यमा एकजना भाग्यमानी विजेताले बम्पर उपहारका रूपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्ने पनि जानकारी दिए । कटवालका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरू समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिए ।

उक्त उत्सव एक्सप्रेस अफर भदौ १८ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्धारा गरिने प्रबन्ध निर्देशक टण्डनले जानकारी दिए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.