प्राधिकरणको मोबाइल एप्स आउँदै


नेपाल विद्युत प्राधिकरणले ‘एनईए अफिसिएल’ नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याउन लागेको छ ।

प्राधिकरणको आईटी विभागले तयार पारेको सो एप्लिकेशनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुने बताइएको छ । उक्त एपमार्फत ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।

यस्तै, गुनासो पनि सोही एप्लिकेशनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् ।

प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स केही दिनपछि सञ्चालनमा आउनेछ । सो एप्स गुगल प्ले स्टोर एप र उपस्टोरबाट डाउनलोड गर्न सकिनेछ । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.