थाई एयरवेज इण्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त कार्यक्रम आयोजना गरेको हो ।
सोमबार दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित उक्त कार्यक्रममा १ सय २० भन्दा बढी व्यक्तिहरूले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । यसका साथै, सहभागीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका दक्ष तथा अनुभवी टोलीद्वारा सामान्य स्वास्थ्य र कार्डियो हेल्थ चेक–अप गरिएको थियो ।
कार्यक्रममा थाई राजदूत श्री भकावत तान्स्कुल र चम्पुनत तान्स्कुलको पनि सहभागिता रहेको थियो । थाई एयरवेजले उक्त कार्यक्रमलाई हरेक वर्ष जुलाई ३१ का दिन निरन्तरता दिने गर्दछ ।