आगामी भदौं १६ गतेदेखि तेस्रो सराङ्गकोट महोत्सव हुने भएको छ । सराङ्गकोट टोल विकास संस्थाको मुख्य आयोजना तथा सराङ्गकोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव हुने भएको हो । मौलिक कला तथा संस्कृति र सराङकोटको पहिचानलाई संसारभर फैलाउनु महोत्सवको उद्धेश्य रहेको आयोजकले बताएको छ ।
१० दिनसम्म चल्ने महोत्सवमा रत्यौली गीत प्रतियोगिता, साँस्कृतिक भेषभूषा तथा बाजा गाजा प्रर्दशनी तथा प्रतियोगिता, पर्यटक दौड प्रतियोगिता, दुना टपरी
गाँस्ने प्रतियोगिता, जिप फ्लायर लगायतका आकर्षण रहेका छन् ।