सुर्खेतमा पाँच सयभन्दा बढी उद्योग दर्ता गर्दा १ करोड राजस्व सङ्कलन


आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा ५३० वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेका अनुसार ती उद्योग दर्ताबाट रू‍‍‍. एक करोड एक लाख १९ हजार राजस्व संकलन भएको छ । उद्यमीलाई कर छूट र औजार उपलब्ध गराएको उनले बताए ।

कार्यालयमा आवश्यक जनशक्ति नभएका कारण काम गर्न समस्या भएको न्यौपानेको भनाइ छ । आठ महीनादेखि पाँचजना अधिकृतको दरबन्दी रहेकामा तीन जनाले मात्रै काम गरिरहेका छन् । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.