सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
कथा:
एउटा गाउँ थियो। त्यस गाउँमा दुइजना साथीहरू बस्थे। उनीहरूको नाम थियो निमा र रमा। उनीहरूको मित्रता रहर लाग्दो थियो। उनीहरू विद्यालय सँगै जान्थे। मिलेर खेल्थे।
एक दिनको कुरा हो, ती दुवैजना हिँड्दै थिएँ। बाटो त हिलो थियो। निमा चिप्लिएर लडिन्। बाटोमा हिँड्ने सबै उनलाई देखेर हाँस्न थाले। यो देखेर रमालाई धेरै नराम्रो लाग्यो। उनले निमाको हात समाएर उठाउन मद्धत गरिन्।
भोलिपल्ट रमाले कलम ल्याउन बिर्सिन्। उनले निमालाई मागिन्। तर निमसँग कलम थिएन। उनले आफ्नो पैसाले किनिन्। भोलिपल्ट रमाले कलमको पैसा दिँदा निमाले लिन मानिनन्।
रमा र निमाको मित्रता कस्तो लाग्यो साथीहरू?
(रूबस पराजुली जी.एस.निकेतन माध्यामिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत छिन्।)