इंग्लिस क्लब चेल्सीले थोमस टुकललाई प्रशिक्षकमा नियुक्त गरेको छ। उनी र चेल्सीबीच १८ महिनाको सम्झौता भएको छ।
यसअघि चेल्सीले फ्रान्क लाम्पार्डलाई प्रशिक्षकबाट बर्खास्त गरेको थियो।
टुकल पनि गत महिना फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) को प्रशिक्षकबाट बर्खास्तगीमा परेका थिए।
सन् २०१८ मा पिएसजीको प्रशिक्षक नियुक्त भएका उनले क्लबलाई दुई लिग उपाधि जिताएका थिए भने एक फ्रेञ्च कप र फ्रेञ्च लिग कपको च्याम्पियन बनाए।
पिएसजी गत सिजनको युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। फाइनलमा पिएसजीलाई जर्मन क्लब वायर्न म्युनिखले १-० गोलले पराजित गरेको थियो।
जर्मन क्लब बोरूसिया डर्टमन्डका पूर्व प्रशिक्षक टुकल र पिएसजीबीच सिजनको अन्त्यबाट सम्झौता सकिँदै थियो।