टोटेनहम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ।
दोस्रो डिभिजनको क्लब वेकम्व वान्डरर्समाथि ४-१ गोलको जित निकाल्दै टोटेनहमले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने च्याम्पियनसिप क्लब वेकम्वले लियो। उसका लागि खेलको २५ मिनेटमा ओन्येडिन्माले गोल गरे।
पहिलो हाफको इन्जुरी टाइममा टोटेनहमका लागि गारेथ बेलले बराबरी गोल फर्काए।
खेल सकिन चार मिनेट बाँकी छदासम्म बराबरीको अवस्थामा रहेकोमा त्यसपछि टोटेनहमले तीन गोल गर्यो।
८६ मिनेटमा विङ्क्सले टोटेनहमलाई अग्रता दिलाए।
एनडोम्बेलेले त्यसपछि दुई गोल गरे।
उनले खेलको ८७ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए भने इन्जुरी टाइमको तेस्रो मिनेटमा चौथो गोल गरे।