इंग्लिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई प्रशिक्षक पदबाट बर्खास्त गरेको छ।
प्रशिक्षक नियुक्त भएको १८ महिनापछि लाम्पार्ड बर्खास्तगीमा परेका हुन्।
चेल्सीका पूर्वमिडफिल्डर लाम्पार्ड चेल्सी प्रिमियर लिगको नवौं स्थानमा रहेको अवस्थामा प्रशिक्षकबाट हटाइएका हुन्।
गत साता चेल्सीलाई लेस्टर सिटीले पराजित गरेको थियो। उसले प्रिमियर लिगका पछिल्ला पाँच खेलमा एक खेलमा मात्र जित निकालेको थियो।
आइतबार चेल्सीले लुटोनलाई एफए कपको खेलमा ३-१ गोलले पराजित गरेको खेल नै लाम्पार्डको अन्तिम खेल बन्न पुग्यो।
जुलाई २०१९ मा मौरिसियो सारीलाई बर्खास्त गरेर चेल्सीले आफ्ना पूर्वखेलाडी फ्रान्क लाम्पार्डलाई मूख्य प्रशिक्षक बनाएको थियो।
पछिल्लो सिजन उनले क्लबलाई एफए कपको फाइनलमा पुर्याएका थिए भने लिगमा चौथो बनाएका थिए।
यो पनि : खेलाडी किन्न २ सय मिलियन पाउन्ड खर्च गरेका लाम्पार्डको भविष्य खतरामा