म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ।
सिटीले शनिबार राति भएको खेलमा चेल्टनहमलाई ३-१ गोलले पराजित गरेको हो।
खेलको ५९ मिनेटमा मेको गोलबाट चेल्टनहमले अग्रता लिएको थियो।
सिटीले खेल सकिन ९ मिनेट बाँकी छदा तीन गोल गर्यो।
खेलको ८१ मिनेटमा फोडेनले सिटीका लागि बराबरी गोल फर्काए।
जेससले ८४ मिनेटमा गोल गर्दै सिटी २-१ गोल अघि बढ्यो।
इन्जुरी टाइमको चौथो मिनेटमा टोरेशले सिटीका लागि तेस्रो गोल गरे।
शनिबार नै भएको खेलमा साविक विजेता आर्सनललाई साउथह्याम्टनले हराएको थियो।