गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-४ माकलबारीका ४४ वर्षीय गंगाराज राई छन्।
मंगलबार बिहान बा२ख १३८ नम्बरको ट्याङकरले बा६३प ६२०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पताल चाबहिलमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार उनकी १९ वर्षीया छोरी सुस्मा राईको उपचार भइरहेको छ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।