काठमाडौं उपत्यकामा थप १६३ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा २९ संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौं उपत्यकामा ३२१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १७८७, भक्तपुरमा ६५४ र ललितपुरमा ७६९ सक्रिय संक्रमित छन्।
नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो पछिल्लो समयको सबभन्दा कम संक्रमित थपिएका हुन्।
५ हजार ५ सय ९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
३६७१ जनाको पिसिआर परीक्षण र १९२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित छन्।