इसेवा खाता खोल्नेको संख्या ४० लाख नाघेको छ।
इसेवाको सेवा अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले लिइरहेको कम्पनीले बताएको छ।
हाल इसेवाका देशभर करिब एक लाख बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। इसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेका छन्।
१२औँ वर्षमा प्रवेश गरेको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘कुराकानीका लागि मात्र सिमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्पपूर्ण माध्यम बनाउन सफल भएका छौँ। आगामी दिनमा हामीले इसेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुसनका रूपमा विकास गर्दै लैजानेछौँ।’