नेपाल सरकारका सेवा निवृत्त कर्मचारीहरुले पाउने निवृत्तिभरण भुक्तानी गरेबापत बैंकहरुले पाउँदै आएको सेवा शुल्क खारेज भएको छ।
सरकारले वित्तीय भुक्तानीको माध्यमबाट निवृत्तिभरण उपलब्ध गराउने व्यवस्था मिलाएकाले बैंकलाई भुक्तानी रकमको १ प्रतिशत शुल्क हटाउने निर्णय गरेको हो।
यसअघि बैंकहरुले गरेको भुक्तानी रकमको आधारमा सरकारबाट १ प्रतिशत शुल्क पाउँदै आएका थिए।
वर्षभर सरकारले ५५ अर्ब निवृत्तिभरण भुक्तानी गर्ने आकडा छ। यो शुल्क हटाउँदा ५५ करोड रुपैयाँ बचत हुने महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।