दियालो टेक्नोलोजी ‘सिड स्टार्स वल्ड प्रतिस्पर्धामा २०२०/०२१’ का लागि नेपालबाट विजयी बनेको छ ।
नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यो प्रतिस्पर्धामा उक्त कम्पनी छानिएको हो।
मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो।
नेपालमा दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गरेको छ। साथै मिटर रिडिङदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ।
यस्तै दियालोले सार्बजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ।
यसैगरी कम्पनीले नेपालमै पहिलोपटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका सफ्टवेयर निर्माण गर्दै आएको छ।