इसेवा मनि ट्रान्सफर र हङकङको रेमिट्यान्स् कम्पनी के एम् इ-रेमिटेन्सबीच रेमिट्यान्स् सेवा सुरु भएको छ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र के एम ई रेमिटेन्सको तर प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद ढकालले हस्ताक्षर गरेका हुन्।
अब हङकङमा रहेका नेपालीहरुले के एम् इ- रेमिट्यान्स्बाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिन्छ।
नगदमा पठाइएको रकम नेपालका ८ हजार भन्दा धेरै इसेवामनि ट्रान्सफरका एजेन्ट तथा इसेवावालेट एपमार्फत पनि पाउन सकिन्छ।
त्यसैगरी, बैंक खातामा पठाइएको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुने बताइएको छ।