स्वीट्जरल्यान्ड सरकारले नेपाललाई १ अर्ब बढी रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने भएको छ।
स्वीस सरकार र नेपाल सरकारबीच यो सहायता परिचालनका सन्दर्भमा सम्झौता भएको छ। नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भोन क्यापेलर र अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको भेटका क्रममा सम्झौता भएको हो।
मोटोरेल लोकल: रोड,ब्रिज प्रोग्रामको चौथो भागका लागि स्वीस सरकारले १ अर्ब २६ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ।
सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट राजदूत एलिजावेथ भोन क्यापेलरले हस्ताक्षर गरेका छन्।
अर्थमन्त्री पौडेल र राजदूतबीचको भेटको क्रममा