नेपाल क्लियरिङ हाउस लिमिटेडले ८ विकास बैंक र दुई फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटिजीएस प्रणालीमा आवद्ध गराएको छ।
ज्योती विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आइसिएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्टआरटिजिएस प्रणालीमा थपिएका छन्। यसअघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटिजिएस प्रणाली सञ्चालनमा आइसकेको छ।
आरटिजीएस प्रणाली मार्फत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिने बताइएको छ।
ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरेर उपलब्ध फारम भरी उक्त सेवा लिन सक्छन्।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्टआरटिजिएस प्रणाली प्रदान गरेको हो। यो प्रणालीको पहुचसँगै विद्युतिय कारोबारको आकार पनि उल्लेखय वृद्धि हुने अपेक्षा गरिएको छ।