अनलाईन तथा अफलाइन (ओटुओ) कम्पनी साथीमार्टले देशभर ६१ वटा आउटलेट सञ्चालनमा ल्याएको छ।
साथीमार्टले हालसम्म सुपरमार्केटको अभ्यास नभएको अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ’सुपरमार्केट कल्चर’ सिकाउँदै अघि बढिरहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोखरेलले बताए ।
नेपालका गाउँदेखि शहरसम्म हजार आउटलेटसहित अनलाइन सपिङको सुविधा दिने कम्पनीको लक्ष्य छ।
कम्पनीका अनुसार साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरि हालसम्म ३ सय ५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
साथीमार्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दूधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध भएको पोखरेलले जानकारी दिए।
छिट्टै नेपालभरि नै अर्डर गरेकै दिन डेलिभरी सुविधासहित सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ। साथीमार्टको फेब्रुअरीमा मोबाइल एप आएसँगै नेपालभर अनलाइन अर्डर गर्न सकिने उनले बताए ।
नेपाली युवाले गरेको स्टार्टअप कम्पनी साथीमार्टबाट उपभोक्ताले सस्तो र सुलभ तरिकाले सपिङ गर्न पाउने उनकाे भनाइ छ।
विस्तारै इन्टरनेट प्रयोगकर्ता बढ्दै गएकोले डिजिटल मार्टको युग पनि विस्तार हुने कम्पनीको विश्वास छ।