ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निस्शुल्क डिम्याट र निस्शुल्क मेरो सेयर गरी एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता ल्याएको छ। जसमा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
बचतसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिएर लगानी गर्न सहज गराउने उद्देश्यले ग्राहकहरुको लागि उक्त खाता संचालनमा ल्याइएको हो।
यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै डिम्याट खाता, मेरोसेयर रजिस्ट्रेशन, सि–आस्वा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा र डेबिट कार्ड निस्शुल्क पाउन सक्नेछन्।
साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ। ग्राहकहरुले उक्त खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएममार्फत दिदैँ आइरहेको छ।