दसैंलाई मध्यनजर गर्दै एभरेष्ट बैंकले चेतनामुलक सन्देशको भिडियो सार्वजनिक गरेको छ।
दसैंमा टिका लगाएर दक्षिणा दिन नयाँ नोट चाहिने भएकोले मानिसहरु बैंकमा लाइन बसेर नयाँ नोट लिन्छन्।
हालको परिस्थितिमा भिडभाडबाट टाढा रहन र डिजिटल बैंकिङको प्रयोग गरेर सबैलाई स्मार्ट बन्न सन्देश यस भिडियोमा देखाइएको छ। सो भिडिया एभरेष्ट बैंकको आधिकारिक फेसबुक पेज वा युट्युब च्यानल मा हेर्न सकिन्छ।
यस बैंकको १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३७ एटिएम र ३१ वटा संकलन केन्द्र छन्।