नेपाल बैंकको डिजिटल बैकिङ वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। गत सनिबार रामेछाप जिल्ला लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेडको सहकार्यमा सम्पन्न भएको हो।
तामाकोसी जनजागृती मा.वि. खिम्तीमा दसैंको अवसरमा शुभकामना आदान÷प्रदानसहित उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योगमन्त्री शान्ती प्रसाद पौडेलले गरे। साथै लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयका वडा अध्यक्ष शिव प्रसाद न्यौपानेको सभापतित्व थियो।
कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाल बैकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी थिए।
त्यसैगरी रामेछाप जिल्लाका प्रहरी प्रमुख नवराज ढुङ्गाना, लिखुतामाकोसी गाँउपालिकाका उप–प्रमुख दिपसिखा दाहाल र नेपाल बैकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनय केसरी पौडेल अतिथि थिए।
साथै लिखुतामाकोसी गाँउपालिका वडा नं. ६ लगायत यस क्षेत्र आसपासका करिव ३०० जना स्थानीय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु, उद्योगीहरु, बिद्यार्थीहरुको उपस्थिती थियो। कार्यक्रम ४ घण्टामा सम्पन्न भएको थियो।