मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
मुक्तिनाथ कृषि कम्पनीको धितोपत्र निष्काशनको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहबीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ।
यो सुरुआतसँगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुंगा सावित हुने ढकाल बताउँछन्।
सम्झौता अनुसार कम्पनीले यहि वर्ष चैत्र मसान्त भित्र निष्काशनको सबै प्रकृया पूरा गरी जारी गर्ने लक्ष लिएको छ। यसअन्तरगत सर्वसाधारणको लागि चार करोड रुपैयाँ बराबरको ४ लाख कित्ता धितोपत्र निष्काशन हुनेछ।
आवश्यकता अनुसार कम्पनीले जारी पूँजी बढाएर धेरै भन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष लिएको छ।