माछापुच्छ्रे बैंकले आगामी कात्तिक २६ गते बैंकको २३ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ।
बैंकले सेयरधनीलाई सञ्चित मुनाफाबाट १ अर्ब २० करोड रुपैयाँ बोनस सेयर र ६ करोड ३३ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजनको लागि) गरी जम्मा १ अर्ब २६ करोड रुपैयाँ लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।
बैंकले सेयरधनीहरुलाई चूक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।
वार्षिक साधारण सभा प्रयोजनको लागि कात्तिक ७ गते सेयर दाखिल खारेज बन्द (बुक क्लोज) हुने बैंकले जनाएको छ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा कायम गरेको थियो। बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।
माछापुच्छे बैंकले सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३४४ स्थानवाट १० लाख भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। साथै, बैंकको देशभर २०३ वटा एटिएमहरु सञ्चालनमा रहेको छन्।