दसैं तिहार र छठ पर्वको अवसरमा पारेर नेपाल बैंक लिमिटेडले दुई वटा विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ।
नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाइ विशेष सुविधाका प्याकेजहरु दिने गरि नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच एक सम्झौता भएको छ।
सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन्। ।
पहिलो अफरमा शुभज्ञान बचत खाता खोल्ने विद्यार्थीले टेलिकमको सिम निःशुल्क पाउने छन्। र सहयात्री बचत खाता खोल्दा दम्पत्तिले टेलिकमको सिम र अन्य अतिरित्त सुविधा पाउने छन्।
दोश्रो अफर अनुसार सिम चालू भएको मितिले एक महिनासम्म हरेक दिन १० वटा एसएमएस, १०० एमबी डाटा र ४० मिनेट निःशुल्क कल सुविधा पाउने छन्।
त्यस्तै नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा १ वर्षसम्म इन्टरनेट शुल्क लाग्ने छैन।
योजना अन्तरगत खाता खोल्ने ग्राहकले नेपाल बैंकको तर्फबाट थप १ महिनाको लागि १ जिवि डाटा निःशुल्क उपलब्ध हुने बताइएको छ।