एनएमबि बैंकले भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशबाटै खाता खोली कारोबार गर्न सकिने योजना ल्याएको छ।
ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्नेछन्।
‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाई मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्नेछन्,' बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।