सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराका साथ असोज १५ गते बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो।
बैंकले आयोजना गरेको कार्यक्रममा २ सय ५५ जनाले रक्तदान गरेका छन्। आउँदै गरेको चाडपर्वमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्याउने बैंकको विश्वास छ।