हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्ला, चौडण्डीगढीको दिदी बहिनी कृषक समूहलार्ई फोटोकपी सहितको एक थान प्रिन्टर हस्तान्तरण गरेको छ।
सो संस्थाले करिब एक दशक देखि त्यस क्षेत्रका थप्रै कृषक समूह गठन गरी विभिन्न कृषि तालिम प्रदान गर्दै आइरहेको छ। तर सो स्थान निकै नै विकट स्थानमा रहेको हुँदा तालिमका लागि आवश्यक कागजातहरु समेत छप्न निकै समस्या भएकोले दिदी बहिनी कृषक समूहलाई सो प्रिन्टर प्रदान गरिएको बैंकले जानकारी दिएको छ।
बैंकका तर्फबाट महाप्रबन्धक अनुप मास्केले दिदी बहिनी कृषक समूहका सचिव डा. निर्मला थापालाई एक समारोहबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन्।