ग्लोबल आइएमई बैंक लिमिटेडको '८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिवेन्चर २०८६/८७' ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
१० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा ब्याज प्रदान गरिने बैंकले जानकारी दिएको छ।
यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले लगानीमा जोखिम अत्यन्तै न्युन रहेको रेटिङ प्रदान गरेको छ।
बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो।
बैंकले २८० शाखा, २५० एटिएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।