एभरेष्ट बैंकले चाडपर्वलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ सार्वजनिक गरेको छ।
उक्त योजनाअन्तर्गत विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउने छ।
घर कर्जा, साना तथा मझौला उद्योग कर्जा, गाडी तथा मोटरसाइकल कर्जा, र व्यक्तिगत कर्जा सहुलियत रुपमा लिन सक्ने बैंकले जानकारी दिएको छ।
जसअन्तर्गत घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८, मोटरसाइकल कर्जा ७.९९ तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ।