मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ, संस्था तथा व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ।
यो महिनामा मात्र बैंकले ५ विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यहरुमा सहयोग गरेको बताएको छ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’का लागि ५० हजार रकम रकम मिडिया इन्टरनेसनललाई दिएको छ।
यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयमा राख्न बैंकले ३ थान ३ सिटर फलामको कुर्सी मालपोत कार्यालय, कास्कीलाई हस्तान्तरण गरेको छ।
साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्याउनका लागि रेस्ट फाउन्डेसन अन्तर्गत हेरचाह गरिएका बालबालिका लागि चाहिने किताब दराजको निर्माण गर्न ४० हजार सहयोग गरेको छ।
बैंकले भैसेपाटीस्थित प्रगती युवा कल्बले आयोजन गरेको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ।
यसैगरी, बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मिर्गाैला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको छ।