नेपाल बैंकले निक्षेपमा आकर्षक व्याजदर प्रदान गरिरहेको छ।
बचत खातामा ४.५५ प्रतिशसम्म मुद्धती खातामा ८.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेको छ।
बैंकले गत वर्षदेखि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो शेयर, लगायत डिजिटल सेवा निःशुल्क दिँदै आएको छ।
बैंकका अनुसार यो सुविधा आगामी कात्तिकसम्म रहनेछ।
डिजिटल सेवालाई सजिलो र भरपर्दो बनाउन अभियान नै चलाएर अगाडि बढेको बैंकले जानकारी दिएको छ।
मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड, अनलाइन खाता खोल्ने तथा अनलाइन क्रेडिट कार्डका लागि आवेदन दिने लगायत डिजिटल सेवा बैंकले प्रदान गर्दै आएको छ।