तीजका दिन सेयर बजारको परिसूचकले पनि रातो अंक बनाएको छ। यद्यपि यस दिनको बजार गिरावट निकै न्यून रह्यो।
०.६२ अंकले मात्रै बजार घटेको हो। आजको कारोबारपछि परिसूचक २८७५ अंकमा कायम भएको छ। कारोबार खुलेको २७ मिनेटमा नेप्से परिसूचक २९११ अंकसम्म पुगे पनि थामिन सकेन।
कारोबार रकम सामान्य बढेको छ। दिनभर ७ अर्ब ५ करोड रुपैयाँको सेयर किनबेच भयो।
जलविद्युत समूह ६२ र जीवन बीमा समूह ५९ अंकले बढे। ब्यापार र लगानी समूह भने १ अंकमुनि हरियो रहे। बैंकिङ २, होटल तथा पर्यटन ३, विकास बैंक १२, फाइनान्स ३६, निर्जीवन बीमा ६, उत्पादन २१, अन्य २२ र माइक्रोफाइनान्स समूह १७ अंकले घटे।
हिमालयन पावर पार्टनरको मूल्य १० प्रतिशतले बढ्यो। सानिमा लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढ्यो। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ।
ग्लोबल आइएमई बैंक संस्थापक समूहको मूल्य ९.६ प्रतिशतले बढेको छ। रैराङ हाइड्रोपावरको मूल्य ९.२ तथा ग्रीनलाइफ हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढेको छ।
माउन्टेन हाइड्रो र युनियन हाइड्रोपावरको मूल्य ७ प्रतिशतले बढेको छ। अपि पावरको मूल्य ६ प्रतिशतले बढ्यो।
रिडी हाइड्रोपावरको मूल्य ५ प्रतिशतले घट्यो भने आइसिएफसी फाइनान्सको मूल्य ४ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा रिडी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड रुपैयाँको सेयर किनबेच भयो।
अरुणभ्याली, रैराङ हाइड्रो, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर पनि कारोबारका आधारमा अगाडि रहे।