रेटिङ एजेन्सी (इक्रा) नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ।
इक्राले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो।
यस रेटिङगले बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ।
बैंकको तरलता, पूँजी कोष, कर्जाको गुणस्तर, कार्यालय संजाल, स्वस्थ ब्याज, आय विवरण, संचालन खर्चमा नियन्त्रण,जोखिम व्यवस्थापन अभ्यास, प्रवद्र्धक समूह, तथा व्यवस्थापन नेतृत्व लगायत तथ्यका आधारमा बैंकको रेटिङ स्तरवृद्धि गरिएको हो।
ग्लोबल आइएमई बैंकका ७६ जिल्लामा २८० शाखा, २५० एटिएम रहेका छन्।
२५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाखबढी ग्राहकलाई सेवा दिँदै आएको छ।