हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकको लागि विशेष योजना सार्वजनिक गरेको छ।
योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५ प्रतिशतसम्म छुट दिइने बैंकले जानकारी दिएको छ।
यसका साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्रदान गरिनेछ। यसका अतिरिक्त ५ सय रुपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई कार्ड निःशुल्क जारी गरिने बैंकले बताएको छ।
यो योजना भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकका लागि उपलब्ध हुनेछ।
सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रुपैयाँ को दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ।
उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरुका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइँदै आएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम सञ्चालनमा छन्।