एनएमबि बैंक र अनलाइन बजार दराजबीच किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता भएको छ।
एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न सक्नेछन्।
यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआइमा रुपान्तरण गर्ने बताइएको छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आइरहेको छ।