एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।
बैंकले २०७८ भदौ १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्।
योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा एनआइसी एशिया मोबाइल बैंकिङ एपबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्।
यसका लागि ग्राहकले मोबाइल एममा रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल, नम्बर, ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने बैंकले बताएको छ।
बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ मार्फत् सेवा दिइरहेको छ।