लक्ष्मी बैंकले १३५औँ शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका वडा न. ६ को चिमडीमा संचालनमा ल्याएकोे छ।
यो शाखा मार्फत बैंकले ग्राहकलाई सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
यससँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटिएम, २५ सय बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।