नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ।
सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा पाउन सक्नेछन्।
नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठबीच सम्झौता भएको हो।