विदेशी मुद्राको विनिमय दरमा दैनिक फेरबदल भइरहन्छ।
विदेशबाट र विदेशमा पैसा पठाउँदा मुद्राको दर बुझेर कारोबार गर्दा पाउने र पठाउने हिसाबमा अन्योल हुँदैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सटहीदर अनुसार बिहिबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ।
युरोपको खरिद मूल्य १३९ रुपैयाँ १६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै युके पाउण्ड स्टर्लिङको खरीद मूल्य १६२ रुपैयाँ ५५ पैसा र बिक्री १६३ रुपैयाँ ३८ पैसा कायम भएको छ।
साउदी रियालको खरिद मूल्य ३१ रुपैयाँ ६० पैसा र बिक्री मूल्य ३१ रुपैयाँ ७६ पैसा छ।
कतारी रियालको खरिद मूल्य ३२ रुपैया ५५ पैसा र बिक्री मूल्य ३२ रुपैयाँ ७१ पैसा कायम भएको छ।
त्यस्तै युएइ दिरामको खरिद मूल्य ३२ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३२ रुपैयाँ ४२ पैसा छ।
मलेसियन रिंगेटको आज खरिद मूल्य २८ रुपैयाँ १८ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ३२ पैसा तोकिएको छ।
बाणिज्य बैंकहरूमा पैसा सटही गर्दा केही रकम फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।