मानुषी लघुवित्तको प्राथमिक सेयर (आइपिओ) भोलि सोमबार बिहान बाँडफाँड हुने भएको छ।
बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार भोलि बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ।
आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन्। धेरैको हात्त रित्तो हुने भएको छ। जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले र तीमध्येबाटै ३ जनाले थप १–१ कित्ताका दरले सेयर पाउने छन्।
कम्पनीले अंकित मूल्य १ सयका दरले सर्वसाधारण समूहको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो।
जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ।
आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९५४ पैसा छ। केयर रेटिङ नेपालले कम्पनीको आइपिओलाई बी प्लस रेटिङ प्रदान गरेको छ।