सानिमा बैंक लिमिटेडले ललितपूरको कुपण्डोलमा बैंक शाखा विस्तार गरेको छ। उक्त शाखाको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले (मह जोडी) ले गरे।
मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई थिए। साथै विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना गरे।
त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंककाे ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि आग्रह गरे।
यो बैंकको हाल ८६ वटा शाखा, १५ विस्तारित काउन्टर र ८५ वटा ए.टि.एम. संचालनमा रहेका छन्।