सिटिजन्स बैंकका ग्राहकलाइ वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा छुट हुने भएको छ। सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट काठमाडौंबीच यस्तो सम्झौता भएको हो।
सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाइ मात्रै रेष्टुरेन्टको सेवा शूल्कमा विशेष छुट हुनेछ।
सम्झौतापछि सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहक तथा कर्मचारीहरुले उक्त रेष्टुरेन्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
यो बैंकको हालसम्म १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेको छ।