ज्योती विकास बैंकले आफूसँग सूचना नलिइ भ्रामक समाचार छापिएको भन्दै आपत्ति जनाएको छ।
राष्ट्रिय आर्थिक साप्ताहिक सेयर बजारमा माघ ४ देखि १० को अंकमा ‘ज्योती विकास बैंकको घोटालामा राष्ट्र बैंकको मौनता’ शीर्षकमा छापिएको समाचारप्रति बैंकले आपत्ति जनाएको हो।
उक्त समाचारले बैंकको साखमा समेत प्रभाव परेको बैंकको गुनासो छ। नेपालको डिजिटल आर्थिक पत्रिका तथा अनलाइन पोर्टलले विभिन्न मिति तथा शीर्षकमा यस्तै समाचार छापेकोमा बैंकको ध्यानाकर्षण भएको छ।
आफ्नो उद्देश्यमा क्रियाशील हुँदै आएको बैंकबारेमा यस प्रकारका आधारहीन समाचारले कानुनी प्रक्रियामा जान बाध्य हुने बैंकको चेतावनी छ।