तिहारपछि पहिलो दिन खुलेको सेयर बजारको परिसूचक नेप्से २३ अंकले बढेको छ।
यस दिन कारोबार रकम समेत उल्लेख्य बढेको छ। १९४ कम्पनीको ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बैंकिङ, विकास बैंक, जलविद्युत समूह घटे पनि अरु समूह उच्च अंकले बढ्दा समग्र बजार माथि बढ्न टेवा पुगेको हो। बैंकिङ समूह १. २, विकास बैंक २०. ६, जलविद्युत १८. ६ अंकले ओरालो लागेको छ।
ब्यापार १८१, होटल ३९, फाइनान्स ८, निर्जीवन बीमा ३९७, उत्पादन २३५, अन्य २९, माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५२१ अंकले बढेको छ।
यस दिन पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ३३ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भयो। दोस्रोमा रहेको टेलिकमको ३० करोड ८५ लाख रुपैयाँको तथा नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९४ लाख रुपैयाँको कारोबार भयो।
यस दिन गुराँस फाइनान्स, हिमालय डिस्टिलरी, विशाल बजार कम्पनी, बोटलर्स नेपाल, साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ।
घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ५ प्रतिशतले घटेको छ।