घटस्थापनाको दिनको साइत पारेर दसैं-तिहार विशेष गीत 'सलल झलल' सार्वजनिक भएको छ। शान्ति श्री परियार, टीका शिवाकोटी, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वरमा गीतको म्युजिक भिडिओ युट्युबमा सार्वजनिक भएको हो।
तिलक बस्नेतको शब्द/संगीत रहेको गीत सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोमा विकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।