प्रबिन बेड्वालको स्वरमा रहेको ‘सम्पत्तिमा बिक्ने माया’ बोलको गीत सार्वजनिक भएको छ। किशोर कीशो पंधाकले निर्देशन गरेको गीतमा परदेशीको पीडालाई समेटिएको छ।
खगेन्द्र पन्धाक लिम्बूको शब्द र संगीत रहेको गीतमा कुमार सानुको मिक्सिङ र श्याम लिम्बू (रिजन) को एरेञ्ज छ।
‘थात्थलो’ र ‘घरजम’ फिल्मका प्रोडुसर तथा कलाकार किशोर कुमार पन्धाक र सीता कुमारी तुम्बापोको मुख्य अभिनय रहेको भिडियोमा हेमन्त पन्धाक, नन्द चक्सु, नन्दु सम्बाहाङफे, मोहन इजम इन्दु जिमी , नैना वनेम, लक्ष्मी लिम्बू, रत्न थापा, तीलक सोमल मगर, पूर्णकला मगर, लक्ष्मण गुरुङ, सुगग्यानी गुरुङ र प्रगड गुरुङ अदिलाई देख्न सकिन्छ।
उक्त भिडियोमा परदेशीको पीडाको कथा समेटिएको छ। किशोर कुमार पन्धाकको निर्देशनमा रहेको भिडियोलाई बिक्रम गुरुङले छायांकन गरेका छन् भने सम्पादन खगेन्द्र पन्धाक लिम्बूले गरेका हुन्।
हेर्नुहोस् भिडियओमा