चर्चित दक्षिण भारतीय चलचित्र केजिएफ-२ को टिजर सार्वजनिक भएको छ।
चलचित्रका अभिनेता यशको जन्मदिनको अवसरमा टिजर सार्वजनिक गरिएको हो।
टिजर एक्सनले भरिपूर्ण छ। यश, संजय दत्त तथा रविना टण्डनको मुख्य भूमिका रहेको चलचित्र प्रशान्त निलले निर्देशन गरेका हुन्।
सन् २०१८ मा प्रदर्शन भएको पहिलो भाग अत्यधिक चर्चित भएको थियो। सिनेमा अक्टुबर २३ मा रिलिज हुने बताइएको छ।